काठमाडौं । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको सत्याग्रह स्थगित भएको छ । संसद विघटन खारेजीको माग राख्दै डा. केसीले फागुन १२ गते अर्थात आजबाट सत्याग्रह गर्ने घोषणा गरेका थिए ।
मंगलवार सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई निस्जेत गरेसँगै डा केसीले सत्याग्रह अन्त्यको घोषणा गरेका हुन् ।
तर सरकारसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन नभएसम्म आफ्नो सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान पनि निरन्तर रहने डा केसीले बताएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको विषयमा गरेको ऐतिहासिक फैसलापछि देशको प्रतिगमनतिर धकेल्ने प्रधानमन्त्रीको प्रयास तत्कालका लागि असफल भएको बताउँदै देशको सर्वोच्च न्यायालयबाट सबै नागरिकको अपेक्षा यहि भएको डा केसीको ठहर छ ।
तर प्रतिनिधि सभा पुनर्स्थापना हुँदैमा नेपालको लोकतन्त्रमाथि आइलागेका सबै संकटहरुबाट हामीले पार पाइनसकेका डा केसीले बताए । अब जुनसुकै प्रधानमन्त्रीको नेतृत्वमा नयाँ सरकार बने पनि कार्यशैली र राज्य सञ्चालनको प्राथमिकता ओली सरकारको जस्तै रहने हो भने त्यसले अवस्थामा खासै परिवर्तन नल्याउने उनको दाबी छ ।
पछिल्ला तीन वर्षमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको भन्दै त्यसलाई उल्ट्याउन माग गरे ।
“पछिल्ला तीन वर्षमा सरकारले अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउन र भ्रष्टाचारलाई संस्थागत गर्न जति पनि कुकर्म गरेको छ, त्यसलाई नउल्ट्याएसम्म देश र समाज सही अर्थमा अगाडि बढ्न सक्दैन ।” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया