काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।
संसद पुनर्स्थापनापछि विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएका हुन् ।
आज सभापति देउवासँग नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले छलफल गरेका छन् । छलफलमा मिलेर जाने सहमती भएको र त्यसको लागि आ-आफ्ना पार्टीका नेताहरुसँग छलफल गर्ने बताएका थिए ।
भोलि दिउँसो ३ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया