काठमाडौं । नेपाल उद्योग परिसंघले विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का किर्तीमानी आरोहीहरूलाई सम्मान गरेको छ ।
काठमाडौंमा बिहीवार आयोजित एक समारोहका बीच परिसंघका अध्यक्ष सतीशकुमार मोर लगायतको टोलीले के टू आरोही निर्मल पुर्जासहित आरोहण दललाई सम्मान तथा स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष मोरले नेपालीले हिउँदयाममा आरोहण गरेर साहसिक एवं विश्व कीर्तिमान कायम गरेको गौरबको बिषय भएको बताएका थिए । हिमालको संरक्षण, पर्यटन प्रवर्द्धन र दुर्गम क्षेत्रको आर्थिक गतिविधि बढाउन मात्र नभएर दुरदराजका बासिन्दाहरूको जीवनस्तर उकास्न र त्यस क्षेत्रको शिक्षा, स्वास्थ्य का साथै पर्यटनको संरक्षणमा पुर्याएको योगदान बारे चर्चा गरीएको थियो ।
कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रलाई केही हदसम्म विश्वभर नेपालको नाम परिचित गराएकोमा आरोही टोलीलाई धन्यवाद ज्ञापन गरेको थियो । कार्यक्रममा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, टुरिजम कमिटीका संयोजक पम्पा धमलालगायतले आफ्नो भनाई राखेका थिए ।
नेपाली आरोही समूह यही माघ ३ शनिवार राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया