भिरबाट लडेर एक जना मजदुरको मृत्यु

कास्की । मादी गाउँपालिका ७ ठुलोढुङगा स्थित भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्य हुनेमा सोही ठाउँस्थित बाटो निर्माणको काम गर्ने रुकुम (पश्चिम) आठबिसकोट नगरपालिकाका ४३ वर्षीय प्रजित मल्ल रहेका छन् ।

सिमेन्ट छोपेको त्रिपाल हावा हुरीले उडाएकोले उक्त त्रिपाल समाउन जाने क्रममा अचानक उक्त भिरबाट करिब २ सय मिटर तल खसेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?