ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी । सुनसरी ईटहरी १६ लबिपुरकी ६५ बर्षीया सोम्नी चौधरीको तेलबोक्ने ट्याङकरको ठक्करबाट मृत्यु भएको छ ।

बिहीवार १६:३० बजे सोही स्थानको लबिपुर स्थित राजमार्गमा ना ४ ख ९९११ नम्बरको तेल बोक्ने ट्याङ्करले पैदलयात्री सोम्नी चौधरीलाई ठक्कर दिंदा घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ट्याङकर र ट्याङकर चालक सुनसरी ईटहरी १७ बस्ने कृष्ण न्यौपाने प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?