कञ्चनपुर– प्रतिबन्धित लागूऔषधसहित प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट दुई जनालाई हिजो बिहीवार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा नगरपालिकाको वडा नं १८ का ३९ वर्षीय हेमन्त पाठक र सोही नगरपालिका–३ का ४१ वर्षीय जीवन शर्मा रहेका छन् ।
गोप्य सूचनाका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका हेमन्तबाट ६०० मिलीग्राम र जीवनबाट १०० मिलीग्राम लागूऔषध खैरो हिरोइन बरामद भएको छ । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया