पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी । सुनसरी रामधुनी ३ बस्ने २२ बर्षीय सुरज चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

बुधवार राती पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प ३१४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक चौधरी गम्भिर घाईते भएका थिए ।

घाईते चौधरीको बिराट नर्सिङ होममा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पिकअप र चालक मोरङ सुन्दरहरैचाका दिल बहादुर कामी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?