विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ५ पैसा र बिक्रीदर १४० रुपैयाँ ७७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ १ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९० रुपैयाँ ४३ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी जापानी यन १० को खरिददर १० रुपैयाँ ९५ पैसा र बिक्रीदर ११ रुपैयाँ १ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?