काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना पुष्टि हुनेको संख्या २ लाख ७३ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९१ जना डिस्चार्ज भएका छन् । भने मृतक संख्या शून्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।
हाल नेपालमा १ हजार ६ सय २१ सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यस्तै २ लाख ६९ हजार ३ सय ९४ जना कोरोना संक्रमणमुक्त भएको र २ हजार ५५ जनाको कोरोनाको कारण ज्यान गएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया