काठमाडौं । डाक्टरहरुको शुल्क बृद्धि भएको छ ।
बुधवार (आज) नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्कमा बृद्धि भएको जानकारी दिएको छ ।
आजदेखि नै लागू हुने गरी संघ र अफिन संयुक्त बैठक बसेर शुल्क बढाउने निर्णय गरेको हो ।
जस अनुसार पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तोकिएको छ ।
त्यसैगरी एमडी गरेका र १० वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क ८ सय २५ लिनपाउने बताइएको छ ।
गत माघ ४ गते स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता गरेको थियो।
साथै सो सम्झौतामा चिकित्सकहरुको परामर्श शुल्क ३० दिनभित्र लागू गर्ने प्रतिवद्धता जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया