काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहलमा कार्यरत नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाल ८ हजार घुससहित पक्राउ परेका छन् ।
सेवाग्राहीको शेयर पूँजी बढाएको प्रमाणपत्र लिनको लागि नासु चन्द र लेखापढी गर्ने दाहाल मिलि अतिरिक्त माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले दिएको जानकारी अनुसार नासु चन्दले लेखापढीको काम गर्ने रामबाबु दाहाललाई सेवाग्राहीसँग थप रकम असुल गर्नका लागि भेट्न अह्राएका थिए ।
कर्मचारीहरुले सेवाग्राहीहरुसँग अतिरिक्त रकम मागेको भन्ने सूचना र निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रवक्ता रिसालले जानकारी दिए ।
रिसालले दिएको जानकारी अनुसार आइतवार परिसरबाटै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया