मोरङ । मोरङ लेटाङ-२ बस्ने ६७ वर्षीय रत्न बहादुर श्रेष्ठको ट्रकको ठक्करबाट मृत्यु भएको छ ।
शनिवार दिउँसो ४ बजे मोरङ सुन्दरहरैचा स्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको ट्रकले साईकलयात्री श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भिर घाईते भएका थिए ।
गम्भिर घाईते भएका श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिवार अपरान्ह ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालक धनकुटा साघुरिगढिका २९ वर्षीय अमिर राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया