काठमाडौं । आज दशौं विश्व रेडियो दिवस ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित मनाइँदै छ ।संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष फेब्रुवरी १३ मा विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो ।
नेपालमा वि.सं २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण शुरु भएपनि औपचारिक रुपमा भने वि.सं २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो । नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले रेडियोको प्रसारण शुरु गरेको थियो।
नेपालमा २०५२ सालदेखि निजी क्षेत्रबाट एफएम रेडियोहरुको प्रसारण भएको हो । हाल नेपालमा सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनका लागि इजाजत प्राप्त एफएम रेडियोको संख्या ९०० हाराहारी छ भने ७०० भन्दा बढी रेडियोले नियमित प्रसारण गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया