झाँक्रीलाइ पक्राउ गर्नु गलत, तुरुन्तै रिहा गरियोस् : गायक बद्री पंगेनी

काठमाडौं । गायक बद्री पंगेनीले नेकपा नेतृ रामकुमारी झाँक्रीको तत्काल रिहाईको माग गरेका छन् ।

नेतृ झाँक्रीलाई पक्राउ गर्नु गलत रहेको ठहर गर्दै गायक पंगेनीले त्यस्तो माग गरेका हुन् ।

“रामकुमारी झाक्रीलाइ पक्राउ गर्नु गलत। तुरुन्तै रिहा गरियोस् ।” उनले भने ।

राज्यविरुद्ध कसुर गरेको आरोपमा प्रहरीले बिहीवार (आज) प्रहरीले झाँक्रीलाई उनकै निवासबाट पक्राउ गरेको छ ।

झाँक्रीको रिहाईको माग गर्दै विभिन्न ठाउँहरुमा प्रदर्शन साथै सामाजिक सञ्जालमा आलोचना भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?