कर्णाली नदी किनारमा महिलाको शव फेला

टेक सिँह धामी/ धनगढी- कर्णाली नदी किनारमा महिलाको शव भेटिएकोे छ । कैलालीको कर्णाली नदी छेउमा शव फेला परेको हो ।

मोहन्याल गाउँपालिका–७ कुहिनेस्थित कर्णाली नदीमा पानीमा तैरिरहेको अवस्थामा हिजो बुधवार महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

प्रहरी टोलीले नदीबाट शव निकालेर परीक्षणका लागि टीकापुर अस्पतालमा राखेको छ। शव मोहन्याल गाउँपालिका–७ कै अन्दाजी ५५ वर्षीया मैना दमाइको रहेको प्रहरी निरीक्षक थापाले बताए ।

मानसिक अवस्था ठीक नभएकी दमाइले नदीमा हाम फालेको हुनसक्ने आशंका गरिएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?