विदेशी लगानी ल्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्थाले स्रोत नखुलेको धन आउने त होइन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको यस्तो व्यवस्थाले स्रोत नखुलेको लगानी भित्रिने हो कि भन्ने आशंकाहरु उठ्न थालेका छन् ।

राष्ट्र बैंकको स्वीकृति लिँदा त अनेनक समस्या आइरहेका बेला स्वीकृति नै नलिँदा स्रोत नखुलको धन भित्रिने आशंका गरिएको हो । तर आशंका गरिए अनुसार स्रोत नखुलेको धन भित्रिने संभावना नभएको नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका एक निर्देशकले बताए । यो खाली झन्झटिलो प्रक्रियालाई छोट्याउन प्रस्ताव मात्रै गरिएको बताए ।

‘यो प्रस्ताव मात्रै हो,हामी फर्कन पनि सक्छौँ ।’ ती निर्देशकले भने । उनका अनुसार लगानी भित्र्याउदाँ प्रारम्भीक स्वीकृति लिनु नपर्ने भन्न होइन । विदेशी मुद्रा ल्याउँदा राष्ट्रसँग स्वीकृति दिनुपर्ने व्यवस्थाका कारण समय लामो लागेको भन्दै त्यसलाई छोट्याएर सजिलो बनाउन राष्ट्र बैंकले यस्तो प्रस्ताव गरेको ती निर्देशकले बताए । विदेशी लगानीको रुपमा बैंकमा पैसा आउने वित्तीकै बैंकले नै स्रोत के हो भनेर खोजेर राष्ट्र बैंकले तोकेको सीमामा रहेर लगानी भित्रिन्छ । त्यसैले लगानीको विस्तृत जानकारी गराउने भएकाले पनि कालो धन नियन्त्रण गर्न सकिने उनी बताउँछन् ।

‘वाणिज्य बैंकहरुले त्यसै कालो धन आउन दिन्छन् ?,त्यसो पटक्कै होइन ।’ ती निर्देशकले भने । विदेशी मुद्रा नेपाल आइसकेपछि कम्तीमा ६० दिनभित्र राष्ट्र बैंकका लेखांकलन गराउनुपर्ने हुन्छ । जसले कालो धन हो,होइन भन्ने स्पष्ट खुल्ने उनको भनाई छ ।

राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ तयार पार्दै विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनु नपर्ने प्रस्ताव मंगलबार गरेको थियो । सो नियमावलीमा विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योग दर्ता लगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणालीमार्फत नेपाल पठाउन वा भित्र्याउन विदेशी लगानीको पूर्व स्वीकृति वा राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?