साङ्ला क्लब नजिक काभ्रेस्थलीका एक पुरुष मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-१ साङ्ला क्लब भवन नजिक एक जना मृत अवस्थामा फेला परेका छन् ।

बुधवार बिहान साङ्ला क्लब भवन नजिक नालीमा तारकेश्वर नगरपालिका वडा नं २ काभ्रेस्थली बस्ने ४९ वर्षीय लक्ष्मण फुयाँल मृत अवस्थामा फेला परेका हुन् ।

साङ्ला क्लब भवन नजिक नालीमा फुँयालको शव भेटिएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?