इतिहासमा आज : ७१ वर्ष पहिला गभर्मेन्ट अफ इण्डिया एक्टको स्थानमा भारतको संविधान लागू भयो

काठमाडौं । भारत आज ७२ औँ गणतन्त्र दिवसको खुशीयाली मनाउँदै छ । ७१ वर्ष पहिला आजकै दिन १९५० मा गभर्मेन्ट अफ इण्डिया एक्ट १९३५ को स्थानमा भारतको संविधान लागू भएको थियो ।

भारतको संविधान बनाउने काम २६ नोभेम्बर १९४९ मा पूरा भएको थियो । संविधान सभाले यसलाई स्वीकार पनि गरेको थियो । तर २६जनवरी १९३० मा कांग्रेसले पूर्ण स्वराज्यको नारा दियो ।

यसकै सम्झनामा दुई महिनाको पर्खापपछि २६जनवरी १९५० मा देशका अन्तिम गभर्नर जनरल सी राजगोपालाचारीले भारतीय गणतन्त्रको घोषणा गरेका थिए । राजेन्द्र प्रसादले राष्ट्रपति पदको शपथ लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?