काठमाडौं । केहि दिन पहिले भारतीय क्रिकेट टीमले अष्ट्रेलियालाई उसकै घरेलु मैदानमा पराजित गरेको थियो ।
जसको कप्तानी गरेका थिए अंजिक्य रहाणेले ।
नियमित कप्तान विराट कोहली भने अभिभावक बिदामा भारत फर्किएका थिए ।
यो म्याच ऐतिहासिक जत भएको चर्चा सारा विश्वमा नै चलेपछि भारतमा अब टेस्ट क्रिकेटको जिम्मेवारीबाट कोहलीलाई हटाएर रहाणेलाई दिनुपर्ने माग उठेको छ ।
विराट कोहलीको नाम विश्वका सबैभन्दा राम्रा ब्याट्सम्यानको सूचीमा सबैभन्दा पहिलो नम्बरमा आउँछ ।
उनी टेस्ट म्याचमा मात्रै होइन, टि २० र वन डेमा पनि त्यीत्तकै राम्रो प्रदर्शन गर्छन् ।
यहि कारणले भारतीय पूर्व कप्तान महेन्द्र पिसंह धोनीपछि यो जिम्मेवारी उनलाई दिइयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया