छुट्टा छुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा २४ जना पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाबाट तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।

सोमवार साँझ नगरपालिकाको वडा नं ६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा उनी लगायत १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ८९ हजार ९ सय ५० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी भक्तपुरकै दुधपाटीस्थित बिएम रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालक सोही ठाउँ बस्ने ४१ वर्षीय बद्री कोजु लगायत ९ जनालाई पनि सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ४ सय २० रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी त्यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?