काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अमेरिकाको तल्लो सदनले दुई पटक महाअभियोग प्रस्ताव दर्ता गर्योे । उनी दुई पटक महाअभियोग खेप्ने इतिहासकै पहिलो राष्ट्रपति बनेका छन् ।
उनीसहित अहिलेसम्म तीन जनाले अमेरिकाको संसद्मा महाभियोग खेपेका छन् भने एक जनाले महाअभियोगको मुखमा परेपछि पदत्याग गरेका थिए।
आज हामी तपाईलाई अन्य तीन राष्ट्रपतिलाई किन महाअभियोग लगाइएको थियो भन्ने बारेमा जानकारी दिदैछौँ ।
एन्ड्रू जनसन

एन्ड्रू जनसन अमेरिकाको इतिहासमा महाभियोग लाग्ने पहिलो राष्ट्रपति हुन् ।
गृहयुद्धको छायामा डेमोक्रेट्स राष्ट्रपति एन्ड्रू जनसनले दक्षिणी अमेरिकालाई कसरी पुनः एकीकरण गर्ने भन्ने विषयमा रिपब्लिकनहरूको बाहुल्य रहेको कांग्रेससँग लगातार विवाद गरेका थिए।
त्यस बेलाका कट्टरपन्थी रिपब्लिकनहरुले पूर्वकन्फेडरेट नेताहरूलाई दण्डित गर्न र मुक्त गरिएका दासहरूको अधिकार रक्षाका लागि कानून अघि सारे।
जनसनले रिपब्लिकनहरूको प्रत्येक प्रयास रोक्न भीटो अर्थात् राष्ट्रपतीय विशेषाधिकार प्रयोग गरेका थिए।
तर महाभियोग पारित हुन आवश्यक दुईतिहाइ मतका लागि एक सांसदको समर्थन नपुगेर उनी जोगिए।
आफूविरुद्ध महाभियोग पारित नभएपछि उनी भावुक भएर रोएको र आफ्नो प्रतिष्ठा पुनः स्थापित गर्ने वाचा गरेको बताइन्छ।
तर त्यसो हुन सकेन। उनले आफ्नो बाँकी कार्यकाल त पूरा गरे तर अन्तिमतिर फेरि महाभियोगअघि जस्तै शक्तिसङ्घर्ष भयो।
रिचर्ड निक्सन

रिचर्ड निक्सनलाई वाशिङ्टन डीसीस्थित डेमोक्रेटिक पार्टीको मुख्यालय रहेको वाटरगेट भवनमा सन् १९७२ मा भएको चोरीका कारण महाअभियोग लगाइएको थियो।
अनुसन्धानहरूबाट वाटरगेटमा छिरेका चोरहरूले निक्सनको पुनर्निर्वाचन अभियानबाट रकम लिएको रहस्योद्घाटन भएको थियो। त्यसमा ह्वाइट हाउसका उच्च अधिकारीहरूको संलग्नता देखिएको थियो।
निक्सनले उक्त षड्यन्त्रमा आफ्नो भूमिका नभएको देखाउन झन्डै दुई वर्ष निकै सङ्घर्ष गरे। तर ती रिपब्लिकन राष्ट्रपतिको प्रयास निरर्थक बन्यो।
अगस्ट १९७४ मा तल्लो सदनको न्यायिक समितिले महाभियोग प्रस्ताव तयार गरेपछि उनी ओभल अफिसका रेकर्डिङहरू उपलब्ध गराउन बाध्य भए।
तिनमा उनले वाटरगेट भवनमा भएको चोरीको अनुसन्धान रोक्न सङ्घीय जाँच ब्यूरोलाई आदेश दिन आफ्ना कर्मचारीलाई अह्राएको सुनिन्छ।
ढाकछोप गर्ने निक्सनको अन्तिम प्रयास त्यहीँ अन्त्य भयो।
जुलाई २७ मा न्यायिक समितिले निक्सनले न्यायमा अवरोध, शक्तिको दुरुपयोग र संसद्को अपमान गरेको अभियोगको पक्षमा मतदान गर्दै पूर्ण बैठकमा पठाउने निधो गर्यो। तर मतदान भएन।
सन् १९७४ अगस्ट ८ मा उनले राजीनामा दिए।
अमेरिकाको इतिहासमा राजीनामा दिएर पदत्याग गर्ने उनी एक मात्र राष्ट्रपति हुन्।
आफूले कहिल्यै पराजय स्वीकार नगरेको भन्दै उनले राजीनामा घोषणा गर्दा कार्यकाल सकिनुअघि नै पद छोड्नु आफ्नो इच्छा नभए पनि अमेरिकाको हितलाई प्राथमिकतामा राख्नु परेको बताएका थिए।
निक्सनले पदत्याग गरेको छ सातापछि उपराष्ट्रपति जेरल्ड फोर्ड राष्ट्रपति बने। फोर्डले निक्सनलाई पदासीन हुँदा गरेका सबै अपराधका लागि क्षमादान दिए।
बिल क्लिन्टन

निक्सनका गल्तीलाई क्षमा गर्नुपर्ने धारणा राख्ने बिल क्लिन्टन पछि आफैँ राजनीतिक सङ्कटमा परे।
राष्ट्रपति बनेको एक वर्षभित्रै क्लिन्टन न्याय मन्त्रालयका विशेष अभियोजनकर्ताको अनुसन्धानमा परे।
विशेष काउन्सेल केनथ स्टारको नेतृत्वमा घरजग्गा कारोबारसम्बन्धी अनुसन्धान सन् १९९८ को ज्यानुअरीमा विस्तार भएर राष्ट्रपति क्लिन्टनको ह्वाइट हाउसकी पूर्वकर्मचारी मोनिका लेविन्स्कीसँगको सम्बन्धसम्म पुग्यो।
जोन्समाथि यौन दुर्व्यवहार गरेको फरक अभियोगका क्रममा क्लिन्टनसँग उनको लेविन्स्कीसँगको सम्बन्धबारे सोधपुछ गरिएको थियो।
उनले ज्यानुअरी १७ मा आरोप अस्वीकार गरे।
केही दिनपछि उनले ह्वाइट हाउसमा फेरि लेविन्स्कीसँगको सम्बन्ध अस्वीकार गरे।
‘मैले कहिल्यै ती महिला मोनिका लेविन्स्कीसँग यौन सम्बन्ध राखेको छैन। मैले कहिल्यै कुनै व्यक्तिलाई ढाँट्न भनेको पनि छैन’ उनले भने।
सन् १९९८ को सेप्टेम्बर ९ तारिखमा स्टारले संसद्लाई आफ्नो प्रतिवेदन दिए।
सर्वसाधारण जनताले पनि हेर्न पाएको ४४५ पृष्ठको उक्त प्रतिवेदनमा लेविन्स्कीको यौनसँग सम्बन्धित बयान समाविष्ट छ।
त्यसमा उनले अनुसन्धानलाई सहयोग गरेबापत उन्मुक्ति पाउने सम्झौता गरिएको उल्लेख छ।
प्रतिवेदनमा महाभियोग लगाउन सकिने सम्भावित ११ वटा कारण प्रस्तुत गरिएको थियो।
सन् १९९८ को डिसेम्बरमा हाउस अफ रेप्रिजेन्टेटिभ्समा क्लिन्टनमाथि झुटो बयान दिएको र संसद्लाई अवरोध गरेको भन्दै महाभियोग लगाउने पक्षमा मतदान भयो।
उक्त यौन प्रकरण अमेरिकामा वर्षौँसम्म चर्चामा रह्यो। तर राजीनामाको बढ्दो मागलाई राष्ट्रपतिले भने बेवास्ता गरिरहे।
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया