काठमाडौं । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएकाले आन्तरिक उडान ठप्प भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ ।
कार्यालयकाअनुसार विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया