ट्रम्पको अकाउण्ट ब्लक गरेकोमा ट्वीटरका सीईओलाई पछुतो

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरका फाउण्डर तथा सीईओ ज्याक डोर्सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अकाउण्ट सस्पेण्ड गर्ने फैसलाको बचाउ गरेका छन् ।

उनले आफूलाई असामान्य र मुस्किल परिस्थती आएको र जसका कारण आफूले सबै ध्यान सुरक्षामा केन्द्रित गर्नुपरेकोले यसो गरेको बताएका छन् । तर उनले ट्रम्पको अकाउण्ट सस्पेण्ड गरेकोमा आफूलाई पछुतो लागिरहेको बताएका छन् ।

किनभने ट्रम्पको अकाउण्ट ब्लक गर्नु भनेको एक किसिमले ट्वीटरको असफलता रहेको ज्याकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?