काठमाडौं । अमेरिकी इतिहासमा एक हप्तामा दुई महत्वपूर्ण घटना भए ।
पहिलो अमेरिकी क्यािपटल हिलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा गरे । जसमा ५ जनाको मृत्यु भयो । त्यस्तै दोश्रोमा रहेको छ अमेरिकी राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव ।
त्यति मात्रै होइन, १० रिपब्लीकन नेताले ट्रम्पविरुद्ध भोट हालेका छन् । महाअभियोगका लागि २१८ मतको आवश्यक रहन्छ । यदि सीनेटमा यो प्रस्ताव पारित भए ट्रम्पलाई १०२ करोड रुपैयाँ भन्दा धेरै घाटा लाग्न सक्छ ।
अमेरिकी पूर्व राष्ट्रपतिलाई हरेक वर्ष २ लाख डलर पेन्शन मिल्छ । हरेक वर्ष १० लाख डलरसम्म यात्रा भत्ता दिइन्छ ।
पूर्व राष्ट्रपतिलाई ५० हजार डलर हरेक वर्ष अकाउण्ट र १९ हजार डलर मनोरञ्जन भत्ता दिइन्छ । साथै सीक्रेट सर्भिस प्रेटेक्शनको प्रावधान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया