धनगढीमा मृत भेटिएका पुरुष प्रहरी जवान भएको पुष्टि

धनगढी । धनगढी उप–महानगरपालिकाको मनेहरामा आज (बिहीवार) बिहान मृत अवस्थामा भेटिएका पुरुष प्रहरी भएको खुलेको छ ।

हुलाकी सडकखण्डको निर्माणाधिन कल्भटमा मोटरसाइकल दुर्घटना भएको अवस्थामा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको हो ।

चौधरी गौरीगंगा नगरपालिका–१० भौसासुरका स्थानीय बासिन्दा भएको प्रहरी निरीक्षक  हिक्मत थापाले बताए ।

यो पनि पढ्नुहोस् : धनगढीमा एक जना मृत फेला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?