धनगढीमा एक जना मृत फेला

धनगढी । धनगढी उप–महानगरपालिकाको मनहेरामा एकजना मृत भेटिएका छन । हुलाकी सडकखण्ड अन्तरगत धनगढी उप–महानगरपालिकाको मनहेरामा एकजना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले आज (बिहीवार) बिहान मनहेरा स्थित सडकखण्डमा पुरुष मृत अवस्थामा फेला परेको बताए ।

उनका अनुसार मृतकको परिचय खुलेको छैन । हेलमेट लगाएको अवस्थामा भेटिएका ती पुरुषको शवसँगै सडक किनारको निर्माणाधिन कल्भर्टमा मोटरसाइकल समेत दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

उनको दुर्घटनाका कारण मृत्यु भएको प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?