ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव त्यहाँको तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’बाट पारित भएको छ। स्थानीय समयअनुसार बुधवार दिउँसो ४ बजेपछि शुरु भएको मतदानमा प्रस्तावको पक्षमा २३२ मत तथा विपक्षमा १९७ मत खसेको बीबीसीले जनाएको छ

ट्रम्पविरुद्ध महाभियोग लगाउनुपर्छ भन्ने पक्षमा १० जना रिपब्लिकन सांसदहरुले समेत मतदान दिएका छन् । उक्त मतदान प्रक्रियामा ४ जना रिपब्लिकन सांसद भने सहभागी नभएका समाचारमा जनाइएको छ । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्।

केही दिन अघि क्यापिटल हिलस्थित सिनेटमा भएको दंगामा परी ७ जनाको मृत्यु भएको थियो । राष्ट्रपति ट्रम्पको उक्साहटका कारण सो दंगा भएको भन्दै डेमोक्रेट्स सांसदहरुले उनीविरुद्ध महाभियोगको प्रस्ताव सदनमा पेश गरेका हुन् । जनवरी २० मा उनको कार्यकाल सकिनुअघि नै उनलाई महाभियोग लगाएर पदच्युत गर्ने अभियानमा डेमोक्रेट्स लागिपरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?