काठमाडौं । भारतीय टीभी च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथामाथि भारतको दाबी नगरेको प्रष्टिकरण दिएका छन् । बुधबार एक भिडियो सन्देश जारी गर्दै चौधरीले सगरमाथासम्बन्धी प्रसारित सामग्रीमा आफूले भनेको आशय नेपाली मिडियाले बंग्याएको भन्दै उनले स्पष्टिकरण दिएका हुन् ।
‘सगरमाथामाथि भारतको दाबी मैले भनेको होइन। र, कदापि त्यो भन्दिनँ। सगरमाथा नेपालको हो। नेपालकै रहनेछ। यसको भूगोल कसैले बदल्न सक्दैन’, उनले भनेका छन् । अंग्रेजकालमा जानीबुझी भएको गल्ती सच्याउनका लागि जी न्युजले माउन्ट एभरेस्टको नाम बदल्ने अभियान चलाएको उनले बताए ।
‘हामी यति मात्र मागिरहेका छौं, सगरमाथाको पहिलोपल्ट उचाइ नाप्ने भारतीय गणितज्ञ राधानाथ सिकदरलाई यसको श्रेय मिल्नुपर्यो। हामी नेपाल र नेपालीबाट केही खोस्न चाहन्नौं। जसरी नेपालीले सर्वोच्च शिखरलाई माउन्ट एभरेस्ट भन्दैनन् (सगरमाथा भन्छन्), यसरी नै भारतीयले पनि यसलाई माउन्ट सिकदर भन्न पाउनुपर्यो’, उनको भनाइ छ, ‘नेपाल र संसारका जनताले यसलाई स्वीकार गर्नुभयो भने त्यो उहाँहरूको महानता हुनेछ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया