काठमाडौं । १९४८ मा आजकै दिन महात्मा गान्धीले आफ्नो अन्तिम भाषण गरेका थिए ।
त्यसपछि १३ जनवरीबाट उनी अनशनमा गएका थिए । १२ जनवरीको साँझ दिएको उनको अन्तिम भाषणमा गान्धीले साम्प्रदायीक हिंसामा बर्बादी देख्नु भन्दा मृत्युलाई अंगाल्नु उत्तम भएको बताएका थिए ।
१९४७ मा मा स्वतन्त्रता मिलेको थियो । यसका साथै भारत र पाकिस्तान फरक फरक देश बनेका थिए । त्यसपछि भारतभर साम्प्रदायीक हिंसा शुरु भयो । उनले १२ जनवरीमा दिल्लीमा अन्तिम भाषण गरेका थिए ।
३० जनवरी १९४८ मा गान्धी जब बिरलदा हाउसमा प्रार्थनाका लागि गएका थिए, त्यो बेला नाथूराम गोड्सेले तीन गोली उनीमाथि चलाएका थिए । महातमा गान्धीले अन्तिम शब्द भनेका थिए ‘हे राम’ ।
त्यसपछि गान्धीको हत्यामा नारायण आप्टेलाई १५ नोभेम्बर १९४९ मा फाँसी दिइएको थियो । त्यस्तै १९९१ मा आजकै दिन अमेरिकी संसदले इराकविरुद्ध सैन्य कारवाही गर्न स्वीकृति दिएको थियो ।
तीन दिनसम्मको बहसपछि अमेरिकी संसदले यो प्रस्ताव २५० भोटले पास गरेको थियो ।
यो विरुद्ध १८३ भोट थियो । यो भन्दा पहिला संयुक्त राष्ट्संघले इराकी राष्ट्रपति सद्दाम हुसेनलाई १५ जनवरीसम्म कुवेतबाट आफ्नो सेना हटाउन भनेको थियो । यसो नगरे सैन्य कारवाहीको चेतावनी दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया