सवारी लाइसेन्सको आवेदन अब सहज हुने, कोटा प्रणाली हट्दै

काठमाडौँ- सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन सहज हुने भएको छ । कोटा प्रणालीप्रति सेवाग्राहीहरुले चर्को गुनासो गरेपछि यातायात व्यवस्था विभाग यो प्रणाली हटाउन लागेको हो ।

अहिले बिहानको समयमा धेरै ट्राफिक भएर सफ्टवेर नै डाउन हुने गरेको छ । अब कोटा सिस्टम हटाउँदै असीमित रुपमा अनलाइन आवेदन दिन मिल्ने व्यवस्था गर्ने तयारी भइरहेकाे छ ।

उपत्यकामा चारवटा भक्तपुरको जगाती, काठमाडौंको ठूलो भर्‍याङ, सुकेधारा, ललितपुरको एकान्तकुना गरि चारवटा कार्यालयमा परीक्षा सञ्चालन हुन्छ। ती कार्यालयहरुमा मोटरसाकल र स्कुटरका लागि तीन सय तथा कार र जीपका लागि दुई सय जनाको कोटा छुट्याइएको थियो।

करिब ९ महिनापछि आवेदन खोल्दा क्षमताभन्दा आधा मात्रै कोटा तोकिएको थियो। भीडभाडका कारण जोखिम हुने भन्दै कोटा तोकिएको हो। तर, दैनिक करिव ८ हजार सम्म आवेदन माग हुने गरेको छ ।

सरकारले स्वास्थ्य मापदण्ड अपनाउंदै गत पुस १४ गतेदेखि सवारी लाइसेन्स खुला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?