पछिल्लो २४ घण्टामा थप ५१३ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९१७ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख ८२ हजार २४६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २५७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?