काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउण्टमा प्रतिबन्ध लागेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फलोअर्सको रेसमा विश्वकै ‘नम्बर वान’ राजनेता बनेका छन् ।
उनी विश्वमा सबैभन्दा धेरै फलो गरिने राजनेता बनेका छन् ।
यो रेकर्ड पहिला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा थियो । अमेरिकी राष्ट्रपति ट्रम्पको निजी अकाउण्टमा ८८.७ मिलियन अर्थात् ८ करोड ८७ लाख फलोअर्स छन् ।
त्यस्तै भारतका प्रधानमन्त्री मोदीको ६करोड ४७ लाख फलोअर्स छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया