काठमाडौं । चीनमा फेरि कोरोनाको कहर शुरु भएको छ । एकैदिन चीनमा आज ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संख्या चीनमा गत ५ महिना यताकै सबैभन्दा धेरै हो ।
यसका साथै हुबेई प्रान्तमा फेरि लकडाउन शुरु गरिएको छ ।
त्यहाँका केहि स्थानमा लकडाउन र केहि स्थानमा कडा प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
गोंगडोंग प्रान्तमा दक्षिण अफ्रिकी कोरोनाको नयाँ स्ट्रेन पाइएको बताइएको छ ।
जसका कारण शिनिजियांग प्रान्तमा ठूलो संख्यामा परीक्षण थालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया