छतबाट खसेर मृत्यु

काठमाडौं । भक्तपुरमा रेलिङ बनाउने क्रममा छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाईट बस्ने गोविन्दराज कनिकारको घरको दोस्रो तलामा रेलिङ बनाउने क्रममा खसेर सोही नगरपालिका-६ चुनदेवी बस्ने रामेछाप फुलासी गाउँपालिका-९ घर भएका ४५ वर्षीय राजन खड्काको बुधबार दिउँसो मृत्यु भएको छ ।

खसेर गम्भीर घाईते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । रेलिङ ठेकेदारलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?