नेपाल प्रहरीका ६९ जना डीएसपीको सरुवा, को कहाँ ?

काठमाडौँ- नेपाल प्रहरीका ६९ जना प्रहरी नायव उपरिक्षक (डीएसपी)हरुको सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार उनीहरूलाई सरुवा गरेका हुन् ।

प्रकाशित सूचना अनुसार ओखलढुंगामा गोबिन्दराज काफ्ले, ईलाका प्रहरी कार्यालय बैदाममा चिनीमाया तामाङ्ग, रसुवामा देवेन्द्र पाण्डे, रामेछापमा नवराज ढुंगाना र दोलखामा भेषराज रिजाललाई पठाइएको छ । महानगरीय प्रहरी वृत्त बालाजुमा निर्मल बुढाथोकीलाई सरुवा गरिएको छ भने मनाङमा सुवास खड्कालाई पठाइएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा रविन्द्र खनाललाई सरुवा गरिएको छ भने त्यहाँका डीएसपी कुलदीप चन्दलाई रानीपोखरी सरुवा गरिएको छ  । त्यस्तै  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कबित कटुवाललाई सरुवा गरिएको छ ।

सरुवाको विस्तृत विवरण यहाँ क्लिक गरेर हेर्न सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?