सार्वजनिक चौरमै भेटियो पाँच थान भरुवा बन्दुक

काठमाडौं । बाग्लुङमा प्रहरीले पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । गलकोट नगरपालिका-११ रिघास्थित राङखानी सार्वजनिक चौरबाट ५ थान एकनाले
भरुवा बन्दुक मंगलवार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त चौरमा बेवारिसे अवस्थामा फालिएका उक्त बन्दुक जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?