सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु

भक्तपुर । भक्तपुरमा सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-२ ब्यासी इतापामा सडक बत्ती मर्मत गर्न खटिएका सोही ठाउँ बस्ने दोलखा मेलुङ गाउँपालिका-५ घर भएका २३ वर्षीय राज कुमार बुढाथोकीको करेन्ट लागेर मंगलवार दिउँसो मृत्यु भएको हो ।

भक्तपूर नगरपालिकाको तर्फबाट सडकबत्ती निर्माण कार्यमा खटिएका बुढाथोकी बिजुलीको पोलमा चढी मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारको लागि भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै करेन्ट लागेर घाइते भएका सिन्धुली कमलामाई नगरपालिका-११ घर भई हाल काठमाडौं बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तानको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?