काठमाडौं । जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका-४ बस्ने १९ वर्षीया मोती कामतको जंगली हात्तीको आक्रमणबाट सोमवार साँझ मृत्यु भएको हो । कोशी कटानमा मासु पसलमा मासु किनेर घर फर्कने क्रममा सोही ठाउँस्थित जुद्दगञ्जको चौरमा कोशी टप्पु बन्यजन्तु आरक्षणबाट आएको उक्त हात्तीले अचानक आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया