आज हिमाली क्षेत्रमा हिमपातको संभावना

काठमाडौं । आज सोमवार मौसममा सामान्य बदली हुने संभावना रहेको छ । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै आज राती प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकामा आज पनि तापक्रम घटेको छ । केही दिनदेखि निरन्तर तापक्रम घटिरहेको छ । हिजो बिहान न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस रहेको काठमाडौंमा आज २.९ डिग्रीमा झरेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?