धान कुट्ने मेशिनको पट्टामा फस्दा किशोरीको मृत्यु

काठमाडौं । सप्तरीमा धान कुट्ने मेशिनको पट्टामा फस्दा एक किशोरीको मृत्यु भएको छ ।

अग्निसाईर कृष्णसावरण गाउँपालिका-६ रथवाला बस्ने राजदेव पंडितकी १७ वर्षीया छोरी नोमिका पंडितको आफ्नै धान कुट्ने मिलमा धान कुटिरहेको अवस्थामा मिलको पट्टामा फस्दा आइतवार दिउँसो मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?