नव नियुक्त मन्त्रीहरूद्वारा सपथ ग्रहण, प्रचण्डलाई छाडेका ६ नेतालाई चिठ्ठा !

काठमाडौँ- नव नियुक्त नौ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

नयाँ थपिएका मन्त्रीमा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेम आले, गणेशसिंह ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा, जुलीकुमारी महतो र विमला विश्वकर्माले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा पनि उपस्थित थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद हेरफेर र विस्तार गरेका थिए  मन्त्री थपेका छन् । ओलीले टोपबहादुर रायमाझीलाई उर्जा मन्त्री बनाएका छन् भने मणि थापालाई खानेपानी, प्रभु साहलाई शहरी विकास र प्रेम आलेलाई वनमन्त्री बनाएका छन् । त्यस्तै कृष्ण गोपाल श्रेष्ठले शिक्षामन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघि उनी सहरी मन्त्री रहेका थिए । त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री हुँदा गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् । यस्तै दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छिन् । यसैगरी जुली कुमारी महतो महिला बालबालिका मन्त्री बनेकी छन् ।

त्यस्तै, ६ जना मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाललाई पर्यटनमन्त्रीमा सरुवा गरिएको छ भने संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।

यसअघिका महिला बालबालिका मन्त्री रहेका लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् ।  भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छिन् ।

यसअघि नै नेकपाको प्रचण्ड–नेपाल समूहका ७ मन्त्रीले राजीनामा दिएका थिए । सोपछि प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनको निर्णय लिएका हुन् ।

नेता टोपबहादुर रायमाझी, प्रभु शाह, मणि थापा, गौरीशंकर चौधरी, दावा तामाङ  र विमला विकले प्रचण्डको साथ छाडेर ओलीलाई साथ दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?