पार्टी देखि विद्यार्थी संगठनसम्म नेकपा विवाद, तामाङले गरे महरलाई कारबाहीको माग (विज्ञप्तिसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद विद्यार्थी संगठनमा समेत देखिन थालेको छ । संसद विघटनपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड(माधवकुमार नेपाल(प्रचण्ड(नेपाल) समूहमा विभाजित भएका छन् ।

त्यससँगै विभाजित भएका विद्यार्थी संघका तत्कालीन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) नेताहरुबीच विवाद देखिएको छ । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले संयोजक ऐन महरमाथि कारबाहीको माग गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै तामाङले महर निरन्तर रुपमा सत्ताको निरपेक्ष भर्जन किर्तन गर्ने काममा मात्र तल्लीन हुन थालेको आरोप लगाएका छन् । साथै संगठनको पारित विधान र प्रतिवेदनका वर्खिलापमा अनेक गुटपरस्त र फुट परस्त गतिविधि जारी राखिएको आरोप लगाएका छन् ।

अनेरास्ववियूको गौरवशाली छविलाई धुमिल वनाउंदै यसका संयोजक ऐन महर निरन्तर रुपमा सत्ताको निरपेक्ष भर्जन किर्तन गर्ने काममा मात्र तल्लीन हुन थाल्नुभयो । उहांले संगठनको पारित विधान र प्रतिवेदनका वर्खिलापमा अनेक गुटपरस्त र फुट परस्त गतिविधि जारी राख्नुभयो । जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति पढ्नुहोस्

संयोजक ऐन महरलाई कारवाहीको सिफारिस

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको अगुवाई गरेर समाजवादको यात्रामा अघि वढेका नेपालका दुई ठुला कम्युनिष्ट पार्टीको ऐतिहासिक एकतासंगै तत्कालीन अनेरास्ववियु र अनेरास्ववियू ९क्रान्तिकारी ० विच एकता भएको सवैमा जगजाहेरै छ । एकता पश्चात् मिति २०७६ पौष २७ र २८ गते काठमाडौंमा सम्पन्न एकता वैठकवाट ३३५ सदस्यीय केन्द्रीय कमिटी, ७७ वटै जिल्लाको जिल्ला संयोजक र सह(संयोजक सहित नेतृत्वको टुङ्गो समेत लगाइएको थियोे । यो संगै अनेरास्ववियूको जनवादी शिक्षा प्राप्तिको तत्कालीन साझा कार्यदिशालाई समाजबादी शिक्षा प्राप्तिको दिशामा सिफ्ट गरिएको थियोे ।

इतिहास साक्षी छ अनेरास्ववियू राष्ट्रियता , अग्रगामी लोकतन्त्र , सामाजिक न्याय , जनजिविका र शैक्षिक रुपान्तरणका खातिर दवाव ,जागरण र खवरदारीको भुमिका निर्वाह गर्दै लाखौंलाख विद्यार्थीहरुको आशा र भरोसाको केन्द्र हो । तर विडम्बना सडक वाघ सङ्गठनका रुपमा जनता र विद्यार्थीका आवाज घन्काउने अनेरास्ववियूको गौरवशाली छविलाई धुमिल वनाउंदै यसका संयोजक ऐन महर निरन्तर रुपमा सत्ताको निरपेक्ष भर्जन किर्तन गर्ने काममा मात्र तल्लीन हुन थाल्नुभयो । उहांले संगठनको पारित विधान र प्रतिवेदनका वर्खिलापमा अनेक गुटपरस्त र फुट परस्त गतिविधि जारी राख्नुभयो । समाजमा ब्याप्त विकृति ,विसङ्गति र भष्ट्राचार विरुद्ध सम्झौताहिन सङ्घर्ष गर्ने संगठनको परम्परा विपरीत उहाँ स्वयं तिनको वाहक भएर अनेरास्ववियूलाई मण्डलकरण गर्न उद्धत भइरहनुभयो ।

कोभिड १९ विरुद्धको स्वास्थ्यसामाग्रीमा भएको भष्ट्राचार , यति र ओम्नीको नाममा भएको भ्रष्टाचार , वालुवाटार जग्गामा भएको भष्ट्राचार र सेक्युरिटी प्रिन्टिङ् प्रेसमा भएका भष्टाचारका विरुद्ध सङ्घर्ष गर्नुपर्ने अनेरास्ववियूको दायित्वलाई पुर्ण रुपमा लत्याएर उहाँ तिनको ढाल वनेर प्रस्तुत भइरहनुभयो । एकातिर वाह्य रुपमा अनेरास्ववियूको छविलाई धुलिसात् गर्ने र अर्कोतिर आन्तरिक रुपमा संगठनको जीवनलाई तहसनहस गर्ने काममा उहाँ निरन्तर लागिरहनुभयो । एउटा सानो झुण्ड वोकेर संगठनको एकताको मर्म र विधि विधानलाई पुर्ण रुपमा लत्याउंदै एकलौटी रुपमा अराजक गतिविधि र गुटबन्दी गर्नु उहाँको एकमात्र काम वनिरह्यो । फरक मत राख्नेहरुलाई दमन गर्ने, संगठनलाई एकताबद्ध बनाउनुको सट्टा छिद्रहरु खोज्दै फाटो पार्ने , शैक्षिक मुद्धाहरुको सवालमा निजी शिक्षण संस्थाका मालिकाहरुको पक्षमा उभिने र संगठनलाई आन्दोलनको पक्षमा नभएर सत्ताको भजनमण्डलीको रुपमा बदल्ने जस्ता काममा संयोजक महर निरन्तर उभिरहनुभयो । उहाँवाट पार्टी भित्र चलेको बहसलाई संगठनमा लगेर अस्वस्थ बनाउने, आफ्नै कार्यकर्ता विरुद्ध गुण्डागर्दी शैलीमा भौतिक आक्रमणमा उत्रने समेत काम भयो । यसै सन्दर्भमा पछिल्लो चरणमा आइपुग्दा प्रधानमन्त्री केपि ओलीले चालेको संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको वहुमत सदस्य सहितको सिङ्गो अनेरास्ववियूको निर्णयलाई अवज्ञा गरी प्रतिगमनकारी कदमको पक्षमा समेत आफुलाई उभ्याउन पुग्नुभयो । यससँगै उहाँले संगठनको विधान विपरीत एकतर्फी रुपमा अल्पमत सदस्यहरुको वैठक समेत वोलाएर संगठनको एकतालाई नै खण्डित तुल्याउने कामको अगुवाइ गर्न पुग्नुभयो ।

उपरोक्त कारणहरुले गर्दा विगतमा पटकपटक सम्झाउंदा पनि रुपान्तरण नभई संगठनको नीति , निर्णय र विधान विपरीतका रवैया निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ वमोजिम संगठनको वहुमतको निर्णय अनुसार ऐन महरलाई संयोजक पदमा नरहने गरी कार्वाही गरिएको र उक्त कार्वाहीलाई अनुमोदन गर्नका लागि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय कमिटी समक्ष शिफारिश गरिएको ब्यहोरा सम्वन्धित सवैमा जानकारी गराइन्छ । यसका साथै निकट भविष्यमा वस्ने केन्द्रीय कमिटीको पुर्ण वैठकवाट अन्य राजनीतिक तथा सांगठनिक निर्णय लिइने समेत जानकारी गराउंदछौं। अन्त्यमा प्रधानमन्त्री केपि ओलीले चालेको प्रतिगामी कदमका विरुद्ध सङ्घर्षमा उत्रंदै कुनै खाले भ्रममा नपरी अनेरास्ववियूको वृहत्तर एकता र संगठनको आधिकारिक नीति , निर्णय र नेतृत्वको पक्षमा दृढतापुर्वक उभिन सवैमा अपिल गर्दछौं ।
रञ्जित तामाङ
सहसंयोजक
वोदार्थ
अध्यक्ष द्वय , नेपाल कम्युनिष्ट पार्टी ,केन्द्रीय कमिटी
विद्यार्थी फ्याक्सन ईन्चार्ज ,नेपाल कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?