काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्रको आन्दोलन चल्दै गर्दा प्रधानमन्त्री केपी ओली बयलगाडाको कथा सुनाएर बसेको बताएका छन् ।
केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले उक्त कुरा बताएका हुन् ।
‘आन्दोलन चल्दै गर्दा केपी ओलीले बयलगाडाको कथा सुनाएको हामीसबैले सुनेकै हौ । तरपछि आन्दोलन सफल भयो । उहाँले पनि म पनि गणतन्त्र स्वीकार्छु, भन्नु भयो । हामीले होला भनेर विश्वास गर्यौ । तर उहाँ मौका कुरेर बस्नुभएको रहेछ’, प्रचण्डले ओलीप्रतिको बुझाइमा आफूहरुको केही कमजोरी रहेको बताए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया