काठमाडौं । बर्दियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने २ जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा २ जनालाई बिहीवार बेलुका प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बारबर्दिया नगरपालिका-२ लठहवा बस्ने २० वर्षीय युवराज थापा र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ती बालिकालाई बारबर्दिया नगरपालिका-१ जोधिपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा उनीहरुले जबरजस्ती करणी उद्योग गरेपछि ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया