काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आइतवार झापा जाने भएका छन्।
करिब ४ हप्ताका लागि पूर्वराजा शाह सपरिवारसहित झापा जान लागेका हुन् । झापा बसाइको क्रममा उनले त्यहाँ राजनीतिक भेटघाट र केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको बताइएको छ।
पूर्वराजा ज्ञानेन्द्र हरेक वर्ष जाडोको समयमा करिब एक महिनासम्म झापाको दमकमा बस्दै आएका छन्। दमकमा उनको निजी चिया बगान तथा निवास छ।यद्यपी सत्तारुढ नेकपाभित्रको शक्ति संघर्षले संसद ‘विघटन भएको’ समयमा उनको भ्रमणले राजनीतिक वृत्तमा तरंग ल्याउने निश्चित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया