काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जिम्मेवारी खोस्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीवार) नेकपा ओली पक्षको बैठकले पार्टीहित विपरीतको काम गरेको भन्दै प्रचण्डको जिम्मेवारी खोस्ने निर्णय गरिएको ओली निकट श्रोतले बताएको छ ।
साथै बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको समेत गरेको छ ।
बैठकले प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश नमबर २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेश संयोजकमा लेखराज भट्ट रहेको श्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया