Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

७ वटै प्रदेशमा संयोजक तोक्ने ओली समूहको निर्णय

लोकपथ संवाददाता ९ पुस २०७७, बिहिबार १७:००
७ वटै प्रदेशमा संयोजक तोक्ने ओली समूहको निर्णय
शेयर गर्नुहोस् Facebook

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कमयुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले ७ वटै प्रदेशमा संयोजक तोक्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीवार) नेकपा ओली पक्षको बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश नम्बर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेश संयोजकमा लेखराज भट्ट रहेको श्रोतले बताएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।