मोटरसाइकलको ठक्करबाट ललितपुरमा एक युवकको मृत्यु

काठमाडौं । ललितपुरको धोबीघाटमा मोटरसाइकलले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । पैदल हिँडिरहेका यात्रुलाई बा ०२०२० प २३६१ नम्बरको मोटरसाइकलले हिजो साँझ ठक्कर दिएको हो ।

मृत्यु हुनेमा काभ्रे घर भई धोबीघाट बस्ने २७ वर्षीय गोपीकृष्ण खनाल रहेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा स्टार अस्पताल सानेपामा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?