कोरोनाबाट मृत्यु हुनेको संख्या सेप्टेम्बर २२ यताकै कम, आज कति थपिए संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७९८ पुगेको छ । यो संख्या नेपालमा एकैदिन मृत्यु भएकाहरुमा सेप्टेम्बर २२ यताकै कम हो । सेप्टम्बर २२ मा नेपालमा २ जनाको मृत्यु भएको थिायो ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ९६६ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ७२९ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ८४ हजार १८१ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४१३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?