प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने पक्राउ

भक्तपुर । भक्तपुरमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित अनुदान चोकबाट नगद १ हजार रुपैयाँ दिँई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा सानोठिमी बस्ने काभ्रे बनेपा नगरपालिका-१४ घर भएका ४० वर्षीय गणेश थापालाई सोमवार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा १९ च १६७८ नम्बरको कार जाँच गर्ने क्रममा आवश्यक कागजपत्र नभएको फेला पारी नियन्त्रणमा लिने क्रममा गणेशले उक्त रकम दिन खोजेपछि प्रहरीले सो रकम र कार सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?